hit tracker Nepali Gajal - तिम्रो सधैँ जित कस्तो

Nepali Gajal – तिम्रो सधैँ जित कस्तो

Rakesh Karki

 

तिम्रो सधैँ जित कस्तो आफ्नो हराइले मार्यो
आयो जवानी या उन्को मन पराइले मार्यो

व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत
छाती भरी बल्झेको उफ् घाउ चराइले मार्यो

बस्दा नबोलेरै केही पश्चातको सम्झौता
झन् आँसु टिलपिल गहमा थोपा झराइले मार्यो

टाँस्सेर पश्चाताप गर्दै सास लामो फेर्दै
फुर्काउने लाडे मीठो बात गराइले मार्यो

अङ्कुश सुरू भइगो झट्टै फेरि यो गर् त्यो गर्
मन्जुर छ मान्या मान्यै तिम्रो अराइले मार्यो

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Incoming search terms:

 gajal com, nepaligajal com, nepali sahitya ghazal, Ww nepali gajal com