hit tracker Nepali Gajal - दिएको छ by Kamal Sangharsha

Nepali Gajal – दिएको छ by Kamal Sangharsha

Gajal

Enjoy Nepali Gajal “दिएको छ” written by Kamal Sangharsha online.

न त अरुलाई न त तँलाई दिएको छ !
समयले जति धोका मलाई दिएको छ !!

मेरो बस्तिमा मट्टितेल छरेर कसैले !
उपहारमा कोरेर सलाई दिएको छ !!

महल केहि नगर्नु झुपडि भत्काइदिनु !
सरकारले हुकुम चलाई दिएको छ !!

सामना गर्ने भए हिलोमा फुन्नु पर्नेछ !
कमलले चुनौती गुलावलाई दिएको छ !!

सडकमै स्वतन्त्रता पाएपछि कमलले !
पिजडा जस्तो घर जलाई दिएको छ !!

कमल संघर्ष