hit tracker Nepali Gajal - न खुलेर वाँच्न सकें

Nepali Gajal – न खुलेर वाँच्न सकें

Jagatram Bardewa (ghayal)

न खुलेर वाँच्न सकें न खुलेर हाँस्न सकें
झर्याम् झुरुम फूट्यो मन न जोडेर गाँस्न कसें !!

घरी घरी धोकेवाजको मुहार घुम्छ नजरमा
न दिल वाटै उन्को वृत चित्र मैले नास्न सकें !!

भासिएँ म दलदल विच नाटकिय खेल संगै
न त वाँकी जिन्दगीका रहर केही साँच्न सके !!

जहाँ जहाँ पाइला टेक्छु त्यही त्यही काँडा पाउँछु
कति सारै निर्वल भए न त्यो काँडा भाच्न सकें !!

निर्मोहीको अन्तरमन्मा मेरो लागि के छ भनी
न दुर्पीनले देखे मैले न डाक्टर भई जाच्न सकें !!

– जगत राम वर्देवा( घायल )