hit tracker Nepali Gajal - पर्खिएर तिम्रै बाटो

Nepali Gajal – पर्खिएर तिम्रै बाटो

Ramkrishna Poudel 'Anayas'

Enjoy Nepali Gajal पर्खिएर तिम्रै बाटो by Ramkrishna Poudel ‘Anayas’.

पर्खिएर तिम्रै बाटो हेरी बसेँ गाउँमा प्यारा
कस्तो छ नि तिम्लाई अचेल बिरानो यो ठाउँमा प्यारा ।

गास बास कमाई गरी खाने बाटो छैन देशमा
जानुपर्यो बिदेशीको आखिर आज पाउँमा प्यारा ।

मेला पर्म अईचो पैचो गरी टार्छु बरु छाक
मेरो लागि आफ्नो जिवन नराख न दाउमा प्यारा ।

भाग्यले नै ठगेपछी छुट्टीएर बस्दा हामी
गाउँले पनि नुन छर्छन् गरिबीको घाउमा प्यारा ।

लेख बेशि बनपाखा तिमी आउने बाटो हेर्दै
अभावैमा काटे जीवन सौभाग्यको नाममा प्यारा ।

रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज भरतपुर-13,चितवन

Incoming search terms:

 yhsm-inucbr_001