hit tracker Nepali Gajal - बा ले पनि सौता हाले

Nepali Gajal – बा ले पनि सौता हाले

Gopal Kawali

घर त मेरो पूर्व पर्यो मकरध्वज को नाती काले !
मज्जा आयो यसपाली त बा ले पनि सौता हाले !!
यसपालिको दसैंमा त काट्ने अरे खसी काले !
मज्जा आयो यसपाली त बा ले पनि सौता हाले !!

अरुकामा सँधै देख्थें दुइटी आमा खाले खाले !
खुच्चिङ्ग पर्यो यसपाली त बा ले पनि सौता हाले !!
आमा सँधै लड्डी गर्ने उचाल्ने झन् साँधैकाले !
खुच्चिङ्ग पर्यो यसपाली त बा ले पनि सौता हाले !!

हुत्तिहारा भन्ने बा लाई हियाएर गाउँकाले !
बल्ल खायौ यसपाली त बा ले पनि सौता हाले !!
कान्छी आमा घर आईन खान पाइयो रातो भाले !
मज्जा आयो यसपाली त बा ले पनि सौता हाले !!

नजिककाले हेला गर्थे कुरा काट्थे टाडाका ले !
खुच्चिङ्ग पर्यो यसपाली त बा ले पनि सौता हाले !!
कति धेरै माया गर्थे अब माया मार्छन बा ले !
खायौ आमा? यसपाली त बा ले पनि सौता हाले !!

भन्ने गर्थौ बातै पिच्छे अर्की ल्यार बस् न साले
बल्ल खायौ यसपाली त बा ले पनि सौता हाले!!!

गोपाल कवाली
जुलियन, अफगान

Incoming search terms:

 nepali comedy gajal, comedy gajal, nepali comedy ghazal, nepali funny gajal, funny nepali gajal