hit tracker Nepali Gajal - समयको खेल

Nepali Gajal – समयको खेल

RS Bidrohi

ढुङ्गा माटो हुनु समयको खेल हो
दुरि फाटो हुनु समयको खेल हो ।

सँगै यात्रा गर्ने कशम थिय तर
अर्कै बाटो हुनु समयको खेल हो ।

बिछोड ले होईन मेरो यो शरिर
सुकि भाटो हुनु समयको खेल हो ।

छुट्टिनुको अर्थ आज बुझिरहेछु
बेग्लै पाटो हुनु समयको खेल हो ।

कुनै बेला परिकार हुन्थे चुल्होमा
आज आटो हुनु समयको खेल हो ।

म भन्दिन उनको बचनको बाणले हो
दिलमा खाटो हुनु समयको खेल हो ।

आर.एस बिद्रोही
दैलेख

Incoming search terms:

 समयको खेल